अत्यन्तै जरुरी सूचना

स्वतन्त्र पत्रकार संघ नेपालको मिति २०८१ साल माघ ११ गते शुक्रबार बसेको गुगल मिट बैठकले निम्न बमोजिमको प्रस्तावको निर्णय भएकोले सम्पूर्ण जिल्ला कार्य समिति तथा केन्द्रीय समितिका पदाधिकारीहरुले सोहीअनुसार कार्य सम्पन्न गर्न गराउन हुन हार्दिक अनुरोध छ । सो बैठकले गरेका निम्न निर्णयहरु यस प्रकार रहेका छन ः
प्रस्ताव तथा निर्णय
प्रस्ताव नं. १ः केही जिल्ला कार्य समितिको हालसम्म अधिवेशन नभएको सन्दर्भमा के गर्ने ?
निर्णय ः .प्रस्ताव न..१ उपर छलफल हुँदा हालसम्म जिल्ला कार्य समितिको अधिवेशन गर्नुपर्ने जुन जुन स्थान बाँकी रहेका छन् ती स्थानहरुमा यही माघ २५ गतेभित्र जिल्ला समितिको अधिवेशन बैठक सम्पन्न गर्नुपर्ने ।
प्रस्ताव नं. २ः केन्द्रीय कार्य समितिको अधिवेशन कहिले गर्ने ?
निर्णय ः .प्रस्ताव नं.२ उपर छलफल हुँदा पहिले जिल्ला कार्य समितिहरुको अधिवेशन नभइसकेको अवस्थामा पहिले जिल्ला कार्य समितिको अधिवेशन सम्पन्न भइसकेपछि केन्द्रीय कार्य समितिको महाअधिवेशन फागुनसम्म सम्पन्न गर्ने ।
प्रस्ताव नं. ३ः जानकारी गराउने सम्बन्धमा
निर्णय ः जिल्ला अधिवेशन सम्पन्न भइसकेपछि सोको निर्णय स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्षलाई प्रकाशित समाचारसहित जानकारी गराउने ।
प्रस्ताव नं. ४ः जिल्ला कार्य समितिबाट प्राप्त समाचार तथा अन्य गतिविधि वेभसाइट राख्ने सम्बन्धमा ।
निर्णय नं. ४ ः जिल्ला कार्य समितिबाट प्राप्त समाचार तथा अन्य गतिविधि वेभसाइट राख्ने सम्बन्धमा छलफल हुँदा सबै समाचार सहित गतिविधिहरु वेभसाइटमा राख्ने निर्णय गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *