स्वतन्त्र पत्रकार संघ नेपालपोखरा, कास्की
श्री जिल्ला अध्यक्ष ज्यूहरु
स्वतन्त्र पत्रकार संघ नेपाल
मिति : २०८२/०९/२४
विषय : अधिवेशन आयोजना सम्बन्धमा ।
स्वतन्त्र, जिम्मेवार र जवाफदेही पत्रकारिताको प्रवद्धर्न का लागि स्थापित संस्था स्वतन्त्र पत्रकार संघ नेपालले मिति २०८२ साल फागुन २४ गतेका लागि केन्द्रीय अधिवेशन आयोजना गर्दैछ । अधिवेशनमा जिल्ला शाखाबाट प्रतिनिधिहरुको सहभागिताका लागि आवश्यक व्यवस्थापन गरिदिनुहुन आदरणीय जिल्ला अध्यक्षहरुलाई हार्दिक अपिल गर्दछौं । २०६८ सालमा स्थापित स्वतन्त्र पत्रकार संघ नेपालको देशका ३५ जिल्लामा शाखा विस्तार भएको छ । स्वतन्त्र पत्रकार संघमा ५ सय भन्दा बढी व्यावसायिक पत्रकार आवद्ध छन् । पत्रकारितालाई मर्यादित र जिम्मेवार बनाउन संघले सञ्चारकर्मीको क्षमता विकास, सञ्चार माध्यमको संस्थागत विकास गर्नुका साथै समुदाय र सञ्चार माध्यम, सञ्चारकर्मीबीच संवाद, समन्वय र सहकार्यको पक्षमा पनि काम गर्दै आएको विदितै छ । स्तन्त्र पत्रकार संघ नेपालको गण्डकी प्रदेशको नवलपुर जिल्लाको गैंडाकोटमा आसन्न वार्षिक साधारण सभा तथा अधिवेशनले केन्द्रीय समिति समेत चयन गर्ने भएकोले प्रतिनिधिहरुको महत्वपूर्ण उपस्थिति जरुरी हुनेछ । आसन्न साधारण सभा तथा अधिवशे नमा स्वतन्त्र पत्रकारिताको अभ्यास र अभियानका सन्दर्भमा वृहत बहस ्त था आगामी नेतृत्व चयनसँगै भावी नीति तय गर्नु पर्नेछ । तसर्थ स्वतन्त्र पत्रकार संघ नेपालको विधान–२०६८ को परिच्छेद ३, दफा १३, उपदफा ३ बमोजिम ५ जना साधारण सदस्य बराबर १ जना (५ः१) केन्द्रीय पार्षद् रहने व्यवस्था बमोजिम मिति २०८२ माघ ७ गतेभित्र पार्षद्को विवरण पठाइदिनुहुन अनुरोध गरिन्छ । केन्द्रीय पार्षद्को नामावलीसँगै जिल्ला शाखाका पदाधिकारी तथा सदस्य र साधारण सदस्यहरुको विवरण पनि साथमै इमेल गरिदिनु हुन पनि अनुरोध गरिन्छ । स्वतन्त्र पत्रकार संघका सदस्यहरुको विवरणको ढाँचा पनि साथमै पठाइएको छ । साथै साधारण सभाको अवसरमा प्रकाशन हुने स्मारिकाका लागि पनि लेख, रचना तथा विज्ञापन संकलन गरी पठाउनु हुन पनि पुनः स्मरण गराउन चाहन्छु ।
सुरेश श्रेष्ठ
उपमहासचिव
स्वतन्त्र पत्रकार संघ नेपाल
९८५५०६८२२७



Leave a Reply