स्वतन्त्र पत्रकार संघ नेपाल

१. स्वतन्त्र पत्रकारिताको रक्षा र श्रमजीवी पत्रकारका हकहितका लागि आवाज बुलन्द पार्न २०६८ साल फागुन २४ गते क्रियाशील पत्रकारहरुको भेलाले एक जनहितकारी विशुद्ध पेशागत संस्थाको आवश्यकता महसुस गर्‍यो । पत्रकारहरुको व्यापक छलफलपछि २०६९ साल वैशाख १८ गते जिल्ला प्रशासन कास्कीमा स्वतन्त्र पत्रकार संघ नेपाल विधिवत दर्ता गरिएको हो ।
२. स्वतन्त्र पत्रकार संघ नेपालमा कानुनी मर्यादाको सीमा भित्र रहेर प्रेस स्वतन्त्रताको उपयोग गर्न कुनै पनि दलमा आवद्ध नभएका पत्रकारहरु यसका सदस्य बन्न सक्ने प्रावधान रहेको छ । नागरिकको सूचनाको हक र पूर्ण स्वतन्त्रतामा राजनैतिक दलगत आस्थातर्फ सूचना नढल्कियोस् भन्ने मनशायले स्वतन्त्र पत्रकार संघ अघि बढेको छ ।
३. मुलुकमा देखिदैँ आएका भ्रष्टाचार, हिंसा, कुशासन जस्ता विसङ्गति, विकृति आदिलाई उदाङ्गो पार्दै नागरिकको सूचनाको हक र पूर्ण प्रेस स्वतन्त्रतामा यो संस्था प्रतिबद्ध छ । मानव अधिकार र लोकतन्त्रको रक्षार्थ विधिको शासनको सम्मान गरी राजनैतिक दलगत स्वार्थमा नलागी आदर्श समाजको निर्माणको बाटो यसले अबलम्बन गर्दै आइरहेको छ ।
४. पत्रकारिताको प्रतिरक्षार्थ सिर्जनशील श्रमजीवी पत्रकाहरुका हकहित, क्षमता अभिवृद्धि तथा वृत्ति विकासमा सघाउ पुर्‍याउनु साथै निर्भीक, स्वच्छ र स्वछन्द रहेर सत्यतथ्य घटनालाई आधार रहेर सञ्चार माध्यमबाट आम नागरिकलाई जानकारी गराउनु आजको माग पनि हो ।
५. गण्डकी प्रदेश अन्तर्गत पोखरामा केन्द्रीय कार्यालय रहेको स्वतन्त्र पत्रकार संघ नेपालको शाखा हालका दिनमा २९ जिल्लामा बिस्तार गरिएको छ । कुनै पनि जिल्लामा न्यूनतम ९ जना वा बढी पत्रकारहरुले जिल्ला शाखा खोल्न चाहेमा यस संस्थाको सदस्य लिई माग गरेमा केन्द्रीय समितिले जिल्ला शाखा खोल्न दिने प्रावधान रहेको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित नौ सदस्यीय कार्य समिति हुनेछ ।

विधान/स्मारिका

विधान

डाउनलोड

वर्ष: १ अंक: १ २०७१ वैशाख

डाउनलोड

वर्ष: ४ अंक: १ २०७४ वैशाख

डाउनलोड

वर्ष: ४ अंक: १ २०७५ वैशाख

डाउनलोड

वर्ष: ५ अंक: १ २०७६ वैशाख

डाउनलोड

बुलेटिन

डाउनलोड

स्वतन्त्र पत्रकार संघ नेपालका प्रकाशन खोजि खोजि पढौं

सम्पर्क गर्नुहोस

स्वतन्त्र पत्रकार संघ नेपाल